सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा बर्दियाको जयनगरमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं. ६, बर्दियामा शाखा संचालनमा ल्याएको छ। बैंकले विहीवार सो शाखा संचालनमा ल्याएको हो।

जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ र यस शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर) तथा यस बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईद्वारा सामुहिकरुपमा गराइएको थियो।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस