नेपालमा ३१८ संक्रमित थपिए, ५६२ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ३१८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ७ हजार ७४३ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५६२ जनाले संक्रमण जितेका छन्।

सोही अवधिमा नेपालमा थप एक संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा मुटु रोग उपचार पुर्‍याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after