बागमती प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ । यसअघि पटक–पटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो। बैठक दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। आज बैठक बस्नुअघि बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको उनको भनाइ थियो। उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूची तय गर्नेछ। नेकपा (एमाले)को अवरोधका कारण गत पुस ८ गते स्थगन भएको प्रदेशसभाको …
पुरा पढ्नुहॊस »पार्टीमा सबैलाई उचित भूमिका दिइन्छः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन् । पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उनले आग्रह गरे। आज आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले सो आग्रह गरेका हुन् । सो अवसरमा नेकपा (एमाले) …
पुरा पढ्नुहॊस »वर्तमान विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्। चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “अहिले मुलुक विषम परिस्थितिमा छ। राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन। विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु एकापसमा मिलेर अगाडि …
पुरा पढ्नुहॊस »केपी ओली नक्कली कम्युनिष्ट हुन् : झलनाथ खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन्। नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए । एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँ धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए। उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँजीपति वर्गको …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः ७७ संक्रमित थपिए, १९२ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन। यस्तै संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ५० रहेको छ।
पुरा पढ्नुहॊस »दलहरूले अब राजनीतिभन्दा माथि उठेर देशका लागि सोच्नु पर्छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउनका लागि शिक्षा लगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन्। राजनीतिक पार्टीहरुले सबै विकासका गतिविधिलाई ओभर पोलिटिसाइज नगरि प्रजातान्त्रिक बिधिसम्वत तरिकाले कार्य गर्नु पर्ने उनले बताए । आज काभ्रे बहुमुखी क्याम्पसकाे तेस्रो क्याम्पस सभालाई धुलिखेलमा सम्बाेधन गर्दै सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषण बाजी मात्र नभई शिक्षा, उद्याेग जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रकाे विकासमा गति दिने काम गरेर देखाउनु पर्ने बताए । …
पुरा पढ्नुहॊस »मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ५ बजे इच्छाकामनाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २, ०३, ००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी ४ सय मिटर …
पुरा पढ्नुहॊस »अहिलेकाे संसद्ले सांसदहरूलाई भत्ता खुवाउने बाहेक केही काम गर्न सकेनः केपी ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जराबिनाको मुला भएको बताएका हुन् । उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए । उनले सरकारलाई उखेल्न लाग्दा …
पुरा पढ्नुहॊस »युद्धग्रस्त युक्रेनबाट चार नेपाली स्वदेश फर्किए
युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता भएका छन् । भारत सरकारको सहयतामा उनीहरू शनिबार काठमाडौं आइपुगेका हुन् । युक्रेनमा जारी युद्धको क्रममा अलपत्र परेका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै भारत सरकारले अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फिर्ता गरिरहेको छ। सोही क्रममा भारत सरकारले चार जना नेपालीलाई पनि फिर्ता ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । …
पुरा पढ्नुहॊस »चीनका प्रधानमन्त्री ली खछ्याङले मार्चमा राजीनामा दिने
चीनका प्रधानमन्त्री ली खछ्याङले आगामी मार्चमा पदबाट राजीनामा दिने बताएका छन्। चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको वरिष्ठताको रोलक्रममा दोस्रो नम्बरमा रहेका नेता ली सन् २०१३ देखि प्रधानमन्त्री छन् । ‘म प्रधानमन्त्री हुने यो अन्तिम वर्ष हो,’ पत्रकार सम्मेलनमा उनले भने । आफ्नो कार्यकाल सकिएपछि उनले राजीनामा दिन लागेका हुन् । आगामी पाँच वर्षका लागि नेताहरू छनोट गर्न यस शरद ऋतुमा हुने पार्टी बैठकमा राष्ट्रपति सी जिनपिङले पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल …
पुरा पढ्नुहॊस »