दलहरूले अब राजनीतिभन्दा माथि उठेर देशका लागि सोच्नु पर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउनका लागि शिक्षा लगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन्। राजनीतिक पार्टीहरुले सबै विकासका गतिविधिलाई ओभर पोलिटिसाइज नगरि प्रजातान्त्रिक बिधिसम्वत तरिकाले कार्य गर्नु पर्ने उनले बताए ।

आज काभ्रे बहुमुखी क्याम्पसकाे तेस्रो क्याम्पस सभालाई धुलिखेलमा सम्बाेधन गर्दै सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषण बाजी मात्र नभई शिक्षा, उद्याेग जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रकाे विकासमा गति दिने काम गरेर देखाउनु पर्ने बताए । यसका लागि सम्पूर्ण पार्टीहरुले सोच्नु पर्ने बताउँदै सिंहले अबको दिन भनेको आइटी र फाईनान्सको रहेको र शिक्षा क्षेत्रले यसमा ध्यान दिए मात्र देश विकासमा टेवा पुग्ने बताए ।

फरक प्रसंगमा बाेल्दै संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुनः दुई तिहाई मत दिएर नेतृत्व सुम्पिदा देशमा संघियता संस्थागत हुन नसकेको टिप्पणी गरे। संविधान जारी भएपछि बनेको दुई तिहाईको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुःख झेल्न बाध्य भएको उनकाे भनाइ थियाे ।

उनले नेपाली जनतामा विकासका कार्यलाई हेर्ने भन्दा पनि उखान टुक्का रमाइलो लागेको भरमा ताली पड्काउने गलत प्रवृत्ति रहेको बताए। अझै पनि प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरु मिल्नुकाे विकल्प नरहेकाेसमेत उनकाे भनाइ थियाे ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस