पार्टीमा सबैलाई उचित भूमिका दिइन्छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उनले आग्रह गरे।

आज आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले सो आग्रह गरेका हुन् । सो अवसरमा नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ, नेका र राप्रपा परित्याग गरि आएका १२ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए।

कार्यक्रममा माओवादीका नेता युवराज दुलाललगायत नेता तथा कार्यकर्ताकोसमेत उपस्थिती थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री