मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ ५ बजे इच्छाकामनाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २, ०३, ००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको प्रहरी चौकी जुटपानीले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस