चैत्र १८ गतेबाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबीमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउनेसमेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको हो ।
गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा एनआइबिएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआइबिएल एस क्यापिटल लिमिटेडले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामर्श सेवामार्फत् नविनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको बताइएको छ ।
एनआइबिएल एस क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन,व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।




