काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि हिजो ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो । राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ ।
आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिने आयोगको तयारी छ ।
तपाईंको प्रतिकृया




