काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेको बताएका छन् । काठमाडौँमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेको बताए । उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताए ।
उनले भने, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । तर अहिले पुनः नेपाली कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्ने छ ।’ नेता निधीले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभइ लामो समयसम्म जारी रहने दाबी गरे ।




