News desk

जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित भएको हो । सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको सञ्चालका लागि अवरोध हटेको थियो ।तर, संसदको सुरुमा विशेष समयमा बोल्दै मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षको माग सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । त्यस्पछि सांसद तुलसीप्रसाद चौधरीले बोलेपछि विद्युत् आपूर्ति बन्द भएको थियो । त्यसपछि सभामुखले जेनेरेटरमा आगलागी भएको भन्दै १० मिनेटका …

पुरा पढ्नुहॊस »

सवारी लाइसेन्सको नयाँ आवेदन र राजश्व भुक्तानी अब अनलाइनबाटै

काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियालाई थप व्यवस्थित बनाउने गरी अनलाइन प्रणालीको विकास गरेको छ । यातायात व्यवस्था विभागले आज (बुधबार) देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन साबिकको लाइसेन्स प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरु गरेको हो । यो प्रणालीबाट सेवाग्राहीले लाइसेन्स प्रक्रियाको आवेदनदेखि राजस्व भुक्तानी समेत गर्न सक्ने भएका छन् । यसअघि लाइसेन्स …

पुरा पढ्नुहॊस »

एमालेले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहबारे दिएको अभिब्यक्ति देशबिरोधी ठहर गर्दै राजीनामा मागेको छ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले राजीनामा मागेको हो । आज बसेको संसदीय दलको आकस्मिक बैठकले प्रधानमन्त्री दाहालको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएका निश्कर्षसहित राजीनामा माग्ने निर्णय गरेको हो । ‘प्रधानमन्त्रीको अभिब्यक्ति क्षमायोग्य …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले दियो कालिकोटका पाँच विद्यार्थीलाई साढे २ लाख छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले छात्रवृत्ती प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षणलाई कालिकोट जिल्लाका पाँच विद्यार्थीहरुको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग पुर्याउनका लागि दुई लाख पचास हजार बराबरको छात्रवृत्ती प्रदान गरेको हो । बैंकले कालिकोट जिल्लाका सरकारी विद्यालबाट एसइई उत्तिर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न ईच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिईभिटि अन्तर्गत डिप्लोमा अध्ययन …

पुरा पढ्नुहॊस »

स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य, यसरी हेर्न सकिन्छ एसइईको नतिजा

काठमाडौँ । स्प्यारो एसएमएस, नेपालको अग्रणी SMS सेवा प्रदायक हो, २०७९/८० को SEE नतिजाका लागि एसएमएस आधारित नतिजा सेवा सुरु गर्न नेपाल परीक्षा बोर्डसँगको सहकार्यको घोषणा गर्न पाउँदा गर्व छ। यस सेवाले विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई उनीहरूको SEE नतिजाहरू छिटो र सजिलै पहुँच गर्नको लागि सुविधाजनक र झन्झटमुक्त विधि प्रदान गर्ने लक्ष्य राखेको छ। विगत ११ वर्षदेखि, स्प्यारो एसएमएस नेपालमा भरपर्दो र प्रभावकारी एसएमएस सेवाहरू प्रदान गर्न अगाडि रहेको छ। …

पुरा पढ्नुहॊस »

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं । काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौंकाे कीर्तिपुर नगरपालिका-८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ भत्केकोपाटी बस्ने ४२ वर्षीय रामशरण बोम्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ९ सय ३५ रूपैयाँ र ३ बुक ताससहित …

पुरा पढ्नुहॊस »

उपाध्याय सचिवमा बढुवा, काठमाडौँको सिडिओ बने जितेन्द्र बस्नेत

काठमाडौँ । काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा जितेन्द्र बस्नेत नियुक्त भएका छन् । हालसम्म गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा रही प्रवक्ताको समेत जिम्मेवारीमा रहेका सहसचिव बस्नेतलाई गृह मन्त्रालयले सिडिओ नियुक्त गरेको हो । यसअघिका सिडिओ घनश्याम उपाध्यायलाई मंगलबार सरकारले सचिवमा बढुवा गरेको थियो । ८ वर्षअघि सहसचिव भएका बस्नेत राष्ट्रि परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देश, प्रधानमन्त्री कार्यालयका सहसचिव, भूकम्प प्राधिकरण कार्यालयका सहसचिव भएर काम गरिसकेका छन् । त्यस्तै उनीसँग गोरखा, …

पुरा पढ्नुहॊस »

घटेको हवाई भाडा लागू, अब कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर-नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला-फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ …

पुरा पढ्नुहॊस »

नेप्से सूचक १.६७ अंकले बढ्यो

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ । ८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।  

पुरा पढ्नुहॊस »

१९ संस्थालाई एसइईको नतिजा उपलब्ध गराउन बोर्डकाे अनुमति

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको हो । ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् । त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ । यो वर्ष बोर्डका साथै …

पुरा पढ्नुहॊस »