News desk

बरामद गरिएको सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो । समातिएको सुन करिब एक क्विन्टलभन्दा बढी रहेको भनिएपनि यकिन परिमाण भने खुल्न सकेको छैन । बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौँ आएको थियो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक-सु’भित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न …

पुरा पढ्नुहॊस »

विमानस्थलमा सुन जाँचपास गर्ने कर्मचारी निलम्बित, छानबिनका लागि बन्यो समिति

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई निलम्बन गरिने भएको छ । मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’को नामबाट ठूलो परिमाण तस्करी भएपछि भन्सार विभागले जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने भएको हो । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काकाअनुसार भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान …

पुरा पढ्नुहॊस »

महिला विश्वकप सुरु हुनुअघि न्यूजील्यान्डमा गोली हानाहान

काठमाडौँ । न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेको छ । बीबीसीकाअनुसार गोली हानाहान हुँदा दुईको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ ।त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन् । घटनाले विश्वकपमा पनि कुनै असर …

पुरा पढ्नुहॊस »

सुनकाण्डले राष्ट्रलाई नै लज्जित बनायो : एमाले महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीका घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सडकमात्रै नभएर हवाई मार्गबाटसमेत सुन तस्करीका घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका हुन् । तस्करीका घटनामा सरकारको नेतृत्व गरिरहेका दलकै नेताको नाम मुछिनु गम्भीर विषय भएको उनको भनाई छ । ‘केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एयरपोर्टको …

पुरा पढ्नुहॊस »

आयल निगम अठार अर्ब नाफामा

काठमाडौँ । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो । रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा …

पुरा पढ्नुहॊस »

विमानस्थलबाट बरामद सुन जोख्न राष्ट्र बैंक लगिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन जोखिने भएको छ । करिब एक क्विन्टलभन्दा बढी रहेको भनिएको सुन जोख्न आज राष्ट्र बैंक लगिने भएको हो । बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौँ आएको थियो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक-सु’भित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । यो प्रकरणमा …

पुरा पढ्नुहॊस »

सोविता गौतमले जितिन् ‘उत्कृष्ट युवा राजनीतिज्ञ’को उपाधि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले उत्कृष्ट युवा राजनीतिज्ञको उपाधि जितेकी छन् । गौतमले चार देशका अरु युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी हुन् । नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेका आयोजक वन योङ वर्ल्डले जनाएको छ । वन योङ वर्ल्ड  युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित …

पुरा पढ्नुहॊस »

कहाँ अल्झियो श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने सरकारी तयारी

काठमाडौँ । औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने विषयमा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । ट्रेड युनियनहरूले न्यूनतम २५ हजार रुपियाँ वा सरकारको सबैभन्दा तल्लो तहका कर्मचारीको पारिश्रमिकसरह वृद्धि हुनुपर्छ भन्दै आएका छन तर रोजगारदाता भने सबैतिर आर्थिक मन्दी भएकाले बढाउन नसक्ने भन्दै आएका छन् । जसले गर्दा अहिलेसम्म पारिश्रमिक बढाउने विषयमा टुङ्गो लाग्न नसकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको नेतृत्वमा रोजगारदाता …

पुरा पढ्नुहॊस »

विमानस्थल भन्सारबाट उम्किसकेको थियो हङकङबाट ल्याइएको करिब सय किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रबाट करिब एक क्विन्टल सुन बरामद गरिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार साँझ हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको सो परिमाणको सुन बरामद गरेको हो । राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’को आवरणमा सुन ल्याइएको पुष्टि भएको छ । उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । नेपालमा एकै पटक यति …

पुरा पढ्नुहॊस »

कांग्रेस बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने भएको हो । गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित जिल्ला सभापतिहरूसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले धारणा राखिसकेका थिए । जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, …

पुरा पढ्नुहॊस »
This will auto close after