एमालेले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहबारे दिएको अभिब्यक्ति देशबिरोधी ठहर गर्दै राजीनामा मागेको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले राजीनामा मागेको हो ।

आज बसेको संसदीय दलको आकस्मिक बैठकले प्रधानमन्त्री दाहालको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएका निश्कर्षसहित राजीनामा माग्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीको अभिब्यक्ति क्षमायोग्य छैन भन्ने निश्कर्षका साथ राजीनामा माग्ने निर्णय बैठकले गरेको छ,’ एमाले सांसद ठाकुर गैरेले भने । एमालेले यस बिषयमा कुनै संझौता हुन नसक्ने ठहर पनि गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री