News desk

देशैभरि डेंगु संक्रमितकाे संख्या बढ्यो, सतर्कता अपनाउन मन्त्रालयको अनुरोध

काठमाडौं । नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन् । पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन् । स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै …

पुरा पढ्नुहॊस »

यस्तो छ प्रकाश सपुतको ‘दमाई महाराज’ (भिडिओ)

काठमाडौँ । गायक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ बोलको गीत सार्वजनिक गरेका हुन् । सपुतलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छिन् ।प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन् । गीतमा गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपुत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल …

पुरा पढ्नुहॊस »

युवतीमाथि प्रहार गरेको एसिड युवकको शरीरमा पर्दा…

काठमाडौं । युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् । शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर-१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो । बेलुका पाँच बजेतिर विनपा-१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका-१० की अन्दाजी १७ वर्षीया सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । एसिड युवतीलाई हान्न …

पुरा पढ्नुहॊस »

इटालीको रोम जाँदै प्रधानमन्त्री प्रचण्ड (भ्रमण तालिका)

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गर्दैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । …

पुरा पढ्नुहॊस »

धरानमा २८ वर्षीय युवाको गोली प्रहार गरी हत्या

काठमाडौं । सुनसरीको धरानमा गोली प्रहारबाट एक युवकको हत्या भएको छ । शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिए पनि ज्यान गएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । उनका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार गरेर उनीहरू फरार भएका छन् । मूलघाटबाट विराटनगर …

पुरा पढ्नुहॊस »

सेतीखोला हाइड्रोले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सेतीखोला हाइड्रोपावरले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ६०,००,००० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । सेतीखोला …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा पहिलो पटक क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि सुरु

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पल्ट क्यूआर प्रणालीमा ‘भ्वाइस बक्स (इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ। यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ। शुक्रबारबाट क्यूआरमा ‘भ्वाइस बक्स’ जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो। अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी …

पुरा पढ्नुहॊस »

ललिता निवास प्रकरण : हिरासतमा रहेका १७ जनालाई थप पाँच दिन राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप पाँच दिनको समय दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि शुक्रबार उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराएको थियो । उनीहरु २५ दिनदेखि थुनामा छन् । यता सर्वोच्च अदालतले बन्दी प्रत्यक्षिकरणको रिटमा आदेश सुनाउने तयारी गरेको छ । पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित ४ …

पुरा पढ्नुहॊस »

‘लक्ष्मी भ्यालु फण्ड २’को बिक्री खुल्ला

काठमाडौँ । लक्ष्मी क्यापिटलले आज साउन ५ गते शुक्रबारदेखि म्युचुअल फण्डको इकाई बिक्री खुला भएको छ । यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गरेको हो । यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको छ। यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक २६ औँ वर्षमा

काठमाडौं । एनआईसी एशिया बैंक २६ वर्षमा प्रवेश गरेको छ। २६औँ वर्ष प्रवेशका अवसरमा बैंकले ‘देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै’ २६औँ वार्षिकोत्सव मनाउन गइरहेको बताएको छ।यस  अवसरमा बैंकले समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गरेको छ। साथै, ‘आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम …

पुरा पढ्नुहॊस »
This will auto close after