घटेको हवाई भाडा लागू, अब कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर-नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला-फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ ।

यस्तै काठमाडौँ-धनगढीको भाडा छ सय ५० रुपैयाँ, काठमाडौँ-नेपालगञ्जको चार सय ५५, विराटनगर-भैरहवाको चार सय ५०, पोखरा-धनगढीको चार सय ७५ र काठमाडौँ-सुर्खेतको भाडा चार सय ८५ रुपैयाँले घटेको छ ।

यस्तै काठमाडौँ-भद्रपुरको भाडा चार सय २० रुपैयाँ, पोखरा-नेपालगञ्जको तीन सय ३०, काठमाडौँ-जनकपुरको एक सय ८० र काठमाडौँ-भैरहवाको भाडा दुई सय ८५ रुपैयाँले घटेको छ । घटेको शुल्क आजैदेखि लागू भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after