News desk

नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला

काठमाडाैं । ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ। कार्यक्रममा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नविनतम सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गएको जेठ १८ गते सुनको भाउ उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । बुधबार तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो । चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड …

पुरा पढ्नुहॊस »

बरामद गरिएको सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो । समातिएको सुन करिब एक क्विन्टलभन्दा बढी रहेको भनिएपनि यकिन परिमाण भने खुल्न सकेको छैन । बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौँ आएको थियो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक-सु’भित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न …

पुरा पढ्नुहॊस »

विमानस्थलमा सुन जाँचपास गर्ने कर्मचारी निलम्बित, छानबिनका लागि बन्यो समिति

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई निलम्बन गरिने भएको छ । मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’को नामबाट ठूलो परिमाण तस्करी भएपछि भन्सार विभागले जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने भएको हो । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काकाअनुसार भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान …

पुरा पढ्नुहॊस »

महिला विश्वकप सुरु हुनुअघि न्यूजील्यान्डमा गोली हानाहान

काठमाडौँ । न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेको छ । बीबीसीकाअनुसार गोली हानाहान हुँदा दुईको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ ।त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन् । घटनाले विश्वकपमा पनि कुनै असर …

पुरा पढ्नुहॊस »

सुनकाण्डले राष्ट्रलाई नै लज्जित बनायो : एमाले महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीका घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सडकमात्रै नभएर हवाई मार्गबाटसमेत सुन तस्करीका घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका हुन् । तस्करीका घटनामा सरकारको नेतृत्व गरिरहेका दलकै नेताको नाम मुछिनु गम्भीर विषय भएको उनको भनाई छ । ‘केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एयरपोर्टको …

पुरा पढ्नुहॊस »

आयल निगम अठार अर्ब नाफामा

काठमाडौँ । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो । रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा …

पुरा पढ्नुहॊस »

विमानस्थलबाट बरामद सुन जोख्न राष्ट्र बैंक लगिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन जोखिने भएको छ । करिब एक क्विन्टलभन्दा बढी रहेको भनिएको सुन जोख्न आज राष्ट्र बैंक लगिने भएको हो । बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौँ आएको थियो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक-सु’भित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । यो प्रकरणमा …

पुरा पढ्नुहॊस »

सोविता गौतमले जितिन् ‘उत्कृष्ट युवा राजनीतिज्ञ’को उपाधि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले उत्कृष्ट युवा राजनीतिज्ञको उपाधि जितेकी छन् । गौतमले चार देशका अरु युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी हुन् । नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेका आयोजक वन योङ वर्ल्डले जनाएको छ । वन योङ वर्ल्ड  युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित …

पुरा पढ्नुहॊस »

कहाँ अल्झियो श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने सरकारी तयारी

काठमाडौँ । औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने विषयमा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । ट्रेड युनियनहरूले न्यूनतम २५ हजार रुपियाँ वा सरकारको सबैभन्दा तल्लो तहका कर्मचारीको पारिश्रमिकसरह वृद्धि हुनुपर्छ भन्दै आएका छन तर रोजगारदाता भने सबैतिर आर्थिक मन्दी भएकाले बढाउन नसक्ने भन्दै आएका छन् । जसले गर्दा अहिलेसम्म पारिश्रमिक बढाउने विषयमा टुङ्गो लाग्न नसकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको नेतृत्वमा रोजगारदाता …

पुरा पढ्नुहॊस »
This will auto close after