जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं । काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

काठमाडौंकाे कीर्तिपुर नगरपालिका-८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ भत्केकोपाटी बस्ने ४२ वर्षीय रामशरण बोम्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ९ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

झापाकाे दमक नगरपालिका-४ पारिजात टोल बस्ने शेर बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after