१९ संस्थालाई एसइईको नतिजा उपलब्ध गराउन बोर्डकाे अनुमति

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको हो ।

ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् । त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ ।

यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैङ्क, इडियु संजाल, कान्तिपुर पब्लिकेशन्स्, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था÷फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् । नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका ५ वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् ।

बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रवार भित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after