आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

काठमाडाैं । तेह्रथुमका २० वर्षीय पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्ष अघि फोहोरमैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो। ललितपुर धोबीघाटमा ३० वर्षीया मन्थली क (नाम परिवर्तित) ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन्।

लिम्बु त्यही होटलमा बिहान–बेलुका खाना–खाजा खान्थे । श्रीमान्सँग छुट्टिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिकचिम बढ्यो। यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरी समेत थिइन् । सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई । त्यसैले उनीहरू खुसीराजीले लिभिङ टुगेदरमा बस्न पुगे।

मन्थलीले खुसीका दिन आएजस्तो महसुस गर्न थालिन् । झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलाई नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ वर्षीया बालिका लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् । समय बितेर तीन वर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो। एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको । रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित भइन् । छोरी कतै भेटिइनन्।

भोलिपल्टै महानगरीय प्रहरी परिसर जवलाखेलमा खोजी दिन आग्रह गर्दै निवेदन दिइन् । निवेदन दिएको भोलिपल्टै छोरी प्रहरी परिसरको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई काखीमा च्यापेर माया साटिन्। तर उनको खुसीको क्षण केहीबेर पनि टिक्न पाएन । छोरीले सौताने बाबुको दुव्र्यवहार र मार्ने धम्कीले गर्दा घर छोड्नुपरेको बताइन् । उनमा पीडा र आक्रोश थपिएपछि उक्त घटनाले नयाँ मोड लियो। प्रहरीले अनुसन्धान थाल्यो।

अनुसन्धानमा परिसरका प्रहरी अधिकारीहरू जुटे । प्रहरीले ती बालिकासँग थप बयान लियो । उनले पछिल्लोपटक जेठ १९ गते बिहान होमवर्क गरिरहेको बेला कथित बाबुले गरेका सबै कतुर्त र पीडा जस्ताको तस्तै सुनाइन् । उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाइन्। यो खबर आजको समाचारपत्र दैनिकमा सुरेश तामाङले लेखेका छन्।

कक्षा ५ मा अध्ययनरत उनी ३ कक्षामा पढ्दाताका पनि लिम्बुबाटै बलात्कृत भएकी रहिछन् । आमालाई रगत बगेको कुरा सुनाउँदा महिनावारी भएको भनेर प्याड लगाउन दिएकी थिइन् । महिनावारी भएको बेला पनि करणी गरेर गर्भ रोक्ने औषधी खान कर गर्दै मार्ने धम्की दिएकाले छोरीले पापी बुबाको कर्तुत आमालाई सुनाएकी थिइनन्।

उता प्रहरीको नियन्त्रणमा रहेका लिम्बुले बयानमा आफ्नो अपराध स्वीकारेका छन् । उनीविरुद्ध जिल्ला अदालत ललितपुरले कैद र जरिवानाको फैसला सुनाइसकेको छ । सरकारी वकिलको कार्यालयका अनुसार फैसलामा उनलाई १५ वर्षसम्म कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस