काठमाडाैं । नेपालमा अहिलेसम्म भएका हरेक राजनीतिक परिवर्तनमा महिलाको योगदान अतुलनीय छ । तर आफ्नो क्षेत्रमा सक्षम र क्षमतावान हुँदाहुँदै पनि धेरैले महिला भएकै कारण पछि पर्नु परेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा नुनुता राईले राजनीति, खेलकूद, प्रशासन, सुरक्षा, सिनेमा लगायतका क्षेत्रमा अग्रमोर्चामा रहेका केही महिलाको कथा लेखेकी छन् ।
विद्यादेवी भण्डारी राष्ट्रपति, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, प्रदेश ३ की प्रमुख अनुसाधा कोइराला, अनेरास्ववियुकी पहिलो महिला अध्यक्ष रामकुमारी झाँक्री, नेकपाको प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, लोकसेवा आयोगकी सदस्य वृन्दा हाडा, बिडिविल्डर ननिता महर्जन, तेक्वान्दो खेलाडी संगीना वैद्य, प्रा.डा. सुधा त्रिपाठी, पहिलो नेपाली नायिका भुवन चन्द, सुदुरपश्चिम विश्वविद्यालयकी उपकुलपति भुषण श्रेष्ठ, सुचित्रा श्रेष्ठ पहिलो महिला चलचित्र निर्देशक, सीता परियार स्थानीय विकास अधिकारी, यामकुमारी खतिवडा क्षेत्रीय प्रशासक पोखरा लगायत नेपालका अब्बल महिला हुन् ।




