काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५०० बढेको छ । साताको अन्तिम दिन ५८ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार बढेर ५९ हजारमा कारोबार भएको हो । आज तेजावी सुनको भाउ ५८ हजार ७०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी भने तोलामा ७२० मा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहॊस »गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई लगाइयो शौचालय सफा गर्न
जनकपुरधाम । धनुषाको एक निजी विद्यालयमा गृहकार्य नगरेको सजायस्वरूप एक विद्यार्थीलाई शौचालय सफा गर्न लगाएको घटना बाहिर आएको छ । धनुषाको जिल्लाको बटेश्वर गाउँपालिका २ स्थित एक निजी विद्यालयका शिक्षकले अङ्ग्रेजी विषयको सबै गृहकार्य नगरेको भन्दै शौचालय सफा गर्न लगाएका हुन् । स्थानीय सनसाइन इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय वसन्तकुमार सिंहले गत बुधबार गृहकार्य नगरेको भन्दै शिक्षक फ्रान्कीले अाफूलाई कक्षाकोठाबाट निकालेर शौचालय सफा गर्न लगाएको बताए। ‘फ्रान्की सरले पाँच वटा होमवर्क गर्न दिनुभएको थियो । मैले …
पुरा पढ्नुहॊस »चिसो बढ्यो काठमाडौंमा, तापक्रम पुग्यो ४.४ डिग्री
काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम मापन भएको छ। आइतबार उपत्यकाको न्युनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि उपत्यकाको न्युनतम तापक्रम हिजो ५ डिग्री सेल्सियस थियो । काठमाडौ उपत्यकासहित देशैभर दिनहुँ तापक्रम घट्दै जानुका साथै चिसो बढेको महसुस भएको मौसमविद् सुभाष रिमालले बताए । देशका पहाडी एक दुई स्थानमा आंशिक बदली हुने सम्भावना छ । बेलुकीपख पूर्वी पहाडी क्षेत्रमा …
पुरा पढ्नुहॊस »लगानीकर्ताले आजदेखि अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने
काठमाडाैं । लगानीकर्ताले आइतबारदेखि सिधै अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् । आजबाट ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली (लगइन) वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् । यस्तो कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता हुनुपर्छ । नेप्सेले पूर्ण स्वचालित विद्युतीय प्रणाली शुरु गरेको ठीक एक महिना पछि लगानीकर्ताले कारोबारमा सिधा पहुँच पाउने भएका हुन् ।
पुरा पढ्नुहॊस »अन्तरप्रदेश परिषद्को बैठक आज, सातै प्रदेशका मुख्यमन्त्री राजधानीमा
काठमाडाैं । अन्तरप्रदेश परिषद्को बैठक अाज बस्दैछ । प्रदेश र केन्द्र सरकारसँग दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश बैठक आह्वान गर्नुभएकाे हाे । बैठकमा प्रदेश सरकारको काम कारबाहीबारे समीक्षा गर्नका लागि बैठक प्रधानमन्त्री ओलीले बैठक बोलाएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयाे । बैठकमा सात प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा.युवराज खतिवडा पनि सहभागी हुनुहुनेछ । सातजनै मुख्यमन्त्रीले आफ्नो कामको समीक्षा गर्नेछन् । त्यस्तै प्रदेशमा भएका समस्याका बारेमा …
पुरा पढ्नुहॊस »वैज्ञानिकले औंल्याए नेपालमा अर्को भूकम्पीय जोखिम
काठमाडाैं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् । जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हाे । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ । …
पुरा पढ्नुहॊस »लाइसेन्स परीक्षामा ५४ प्रतिशत चिकित्सक फेल
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ५४.३९ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । बीडीएस गरेका ६२ प्रतिशत दन्त चिकित्सक अनुत्तीर्ण भएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ । परीक्षामा एमबीबीएस गरेका १ हजार ३ सय १६ र बीडीएस गरेका १ सय ८६ सहभागी थिए । एमबीबीएस गरेका ७ सय ५३ र बीडीएस गरेका १ सय १७ जना अनुत्तीर्ण भएका हुन्। लाइसेन्स परीक्षामा केही वर्षयता आधाजसो अनुत्तीर्ण …
पुरा पढ्नुहॊस »कर्मचारीको मनपरीः न पोसाक लगाउँछन्, न समयमै आउँछन्
काठमाडाैं । दुई तिहाइको सरकार छ, तर कर्मचारीले टेरेको देखिँदैन। कर्मचारीको मनपरी छ। न पोसाक लगाउँछन्, न समयमा नै कार्यालय पुग्छन्। सुशासन कायम गर्ने घोषणा कागजमै सिमिति छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्। उपत्यकाको आन्तरिक राजस्व कार्यालयदेखि स्थानीय तहसम्म कर्मचारी समयमा कार्यालय त पुग्दैनन् नै तोकिएको पोसाक पनि नलगाएर मनलाग्दी गरेको पाइएको छ। सेवाग्राही भने हाकिम कर्मचारीको कोठा रुँगेर बस्न विवश छन्। प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय …
पुरा पढ्नुहॊस »इजरायल जान छानिएका ४१ जना कामदार अलपत्र, किन आउन छाड्यो माग ?
काठमाडाैं । सरकारले इजरायलमा केयर भिगर कामदारका रुपमा पठाउँन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन्। वैदेशिक रोजगारी विभागले दुई वर्षअघि केयर गिभरका लागि दुई चरणमा गरेर एक सय १९ जनालाई छानेको थियो। यो खबर आजको नागरिक दैनिकले छापेको छ। इजाराइलबाट माग नै आउन छाडेपछि छनौट भएका ४१ जना अझै इजाराइल जान पाएका छैनन्। पछिल्लो चरणमा केयर गिभरको माग नै आउन छाडेकाले यस्तो अबस्था सिर्जना भएको हो। श्रोतका …
पुरा पढ्नुहॊस »कम्युनिष्टको स्वभाव विचित्रः यी हुन् पादरीको पाउमा पर्ने प्रभावशालीहरु
काठमाडाैं । ‘क्रिस्चियन मिसनरी’ बाट सञ्चालित युनिभर्सल पिस फेडेरेशनको सम्मेलनमा सत्ता–प्रतिपक्षका थुप्रै नेताको नग्नता छताछुल्ल भएको छ। १६ मंरिसमा विवादास्पद संस्था ‘युनिभर्सल पिस फेडेरेशन’ले प्रधानमन्त्री ओलीलाई १ लाख डलरको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गर्यो। फेडेरेशनले प्रधानमन्त्री ओलीलाई दिएको यो अवार्ड एकातिर सत्तामाथिकै व्यंग्य थियो भने अर्कातिर त्यसले नेताहरुलाई नांगेझार बनाउँदै थियो। ‘गुड गभर्नेन्स अवार्ड’ का लागि ओलीले प्रभावशाली कदम चालेकाले नभई उनलाई प्रभावमा पार्न विवादास्पद संस्थाले १ लाख डलर राशीको …
पुरा पढ्नुहॊस »