चिसो बढ्यो काठमाडौंमा, तापक्रम पुग्यो ४‍.४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम मापन भएको छ। आइतबार उपत्यकाको न्युनतम तापक्रम ४‍.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि उपत्यकाको न्युनतम तापक्रम हिजो ५ डिग्री सेल्सियस थियो । काठमाडौ उपत्यकासहित देशैभर दिनहुँ तापक्रम घट्दै जानुका साथै चिसो बढेको महसुस भएको मौसमविद् सुभाष रिमालले बताए । देशका पहाडी एक दुई स्थानमा आंशिक बदली हुने सम्भावना छ । बेलुकीपख पूर्वी पहाडी क्षेत्रमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।

सोमबारदेखि भने हल्का वर्षा हुने मौसमविद् रिमालले बता ए। सोमबार बेलुकी देशका पूर्वी तथा पश्चिम पहाडी भू–भागमा हल्का पानी पर्ने रिमालको भनाइ छ। साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ । सोमबार बेलुकी पानी परेसँगै मंगलबारदेखि देशैभरको मौसममा आंशिक बदली आउने पनि महाशाखाले अनुमान गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस