वैदेशिक रोजगारीमा मलेसिया जान अब ५ हजार ८०० रुपैयाँमात्र

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५ हजार ८०० रुपैयाँमात्र खर्चिए पुग्ने भएको छ । नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको दुई पक्षीय समझदारीले डेढ लाखसम्म खर्चनुपर्ने बाध्यता हटाएको हो ।

समझदारीमा ‘सरकारलाई बुझाउने श्रमिक कल्याणकारी कोषको एक हजार र बिमाको ४ हजार ८२५ रुपैयाँबाहेक सबै खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधन मन्त्री कुला सेगरनले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

कामदार पठाउन लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच खर्च रोजगारदाताबाटै बेहोर्नेगरी मलेसियाले जिम्मेवारी लिएको श्रममन्त्री विष्टले बताए । –कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस