काठमाडाैं । निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ।
घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको छ। अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए।
प्रहरीसँग अन्य प्रमाण नभएपछि डिएनएलाई नै अनुसन्धानको आधार बनाएको हो। अन्य देशमा पनि यस्तै अभ्यास हुँदै आएको प्रहरीले जनाएको छ। शुरुमा चार जना र उनीहरु सबैको रिपोर्ट म्याच नभए क्रमशः सयौँ व्यक्तिहरुको डिएनए परीक्षण गर्ने तयारी छ। घटनाका बेला त्यहाँ आसपास भएका, खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरुमाथि डिएनए परीक्षण गर्न लागिएको अनुसन्धानमा आबद्ध एक अधिकारीले बताए।
यसअघि चक्र बडू, दिलीपसिंह विष्ट, तत्कालिन एसपी डिल्लीरा विष्ट, उनका छोरा किरण र अर्का एक स्थानीय युवाको डिएनए परीक्षण भएको थियो।
प्रतिकृया दिनुहॊस