रियाल मड्रिडका प्रशिक्षक लोपेतेगुई बर्खास्त

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडले प्रशिक्षक युलेन लोपेतेगुईलाई बर्खास्त गरेको छ । क्लबको प्रदर्शन लगातार खस्किएपछि ४ महिना अघि मात्रै नियुक्त गरिएका प्रशिक्षक लोपेतेगुईलाई जिम्मेवारीबाट हटाइएको हो ।

रुसमा विश्वकप फुटबल सुरु हुन १ दिन मात्रै बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेतेगुईले त्यसयता रियाल मड्रिड सम्हालेका थिए । रियाल हाल स्पेनिस ला लिगाको अंक तालिकाको नवौं स्थानमा छ ।

आइतबार राति भएको बार्सिलोना विरुद्धको खेलमा ५–१ को लज्जाजनक हार बेहोरेपछि रियालका प्रशिक्षक लोपेतेगुईले जागिर गुमाउनुपरेको हो । लोपेतेगुईलाई हटाएपछि क्लबले तत्कालका लागि पूर्व रियाल मड्रिड खेलाडी एवं हाल क्लबकै ‘बी’ टोलीका प्रशिक्षक सान्टिएगो सोलारीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित …

प्रतिकृया दिनुहॊस