प्रधानमन्त्री अाेलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडाैं । सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई भर्ना गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज बिहान गरिएको उनको रगत परीक्षण र छातीको एक्सरेको रिपोर्ट सकारात्मक आएको जनाएको छ ।

प्रधानमन्त्रीको उपचारमा प्रा.डा. अरूण सायमी नेतृत्वको चिकित्सकीय टोली संलग्न छ । प्रधानामन्त्री स्वास्थ्य सुधारोन्मुख भएपछि केही भिभिआइपी र आफन्तलाई उनीसँग भेटघाट गर्न दिइएको छ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई आज बिहान शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।

आजै बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, कानुन मन्त्री भानुभक्त ढकाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि प्रधानमन्त्री ओलीलाई  भेटेका छन् । चिकित्सकको टोलीले उनलाई केही दिन अस्पतालमै राख्ने बताएको छ । केही दिनयता रूघाज्वरोसँगै खोकीले बिरामी भएका प्रधानमन्त्रीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस