‘प्रेमलीला’ प्रमोसनको नयाँ शैली : उत्कृष्ट तक्लुलाई ५० हजार

काठमाडौं । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमलीला’ले प्रमोसनको लागि नयाँ शैली अपनाएको छ । फिल्म युनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’मार्फत प्रमोशनको नयाँ शैली अपनाउन लागेको हो ।

फिल्मकी शीर्ष कलाकार तथा निर्मात्री दिपशिखा खड्का फिल्मको पोष्टरमा मुण्डन रुपमा प्रस्तुत भएपछि फिल्म युनिटले यो कन्टेष्टको अवधारणा ल्याएको हो । दीपशिखाले मानिसलाई उसको बाहिरी रुप हेरेर नभई मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिने भएकाले नयाँ प्रमोसन योजना ल्याएको खुलाइन् । उनका अनुसार उक्त प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् ।

सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज ‘प्रेम लीला’मा लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्ससहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णायकको निर्णय अनुसार प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई २५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइनेछ ।

दीपशिखा खड्काकै कथा रहेको फिल्ममा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस