काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २ अर्चलबोटमा अवस्थित ‘अर्चलबोट आमा समूह’लाई एक कार्यक्रमकाबीच डस्ट विनलगायतका सरसफाईका सामग्री प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित एक समारोहबीच बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व सञ्चालक विष्णुराज पराजुलीले संयुक्त रूपमा समूहका अध्यक्ष श्रीमती कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकारात्मक परिवर्तन ल्याउन सक्ने र बैंकले उक्त सामाग्रीहरूको पूर्ण सदुपयोग हुने विश्वास लिएको सञ्चालक सदस्य अधिकारीले बताएका छन् ।
सोही अवसरमा बैंकका सञ्चालक काफ्लेले स्वच्छ सफा पोखरा अभियानअन्तर्गत पोखरा महानगरपालिका २ अन्तर्गतका सडकहरूमा सरसफाईमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामाग्रीहरू प्रदान गर्दै बैंकको वर्तमान अवस्था तथा यसले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा समेत जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहॊस