काठमाडौं । शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । शुक्रबार बिहान काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि बुधबार १ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार भने बढेर तापक्रम ५ दशमलव ५ डिग्री पुगेको थियो । यस्तै, डडेलधुराको तापक्रम पनि माइनसमा पुगेको छ ।
हुम्लामा हिमपात भएपछि शुक्रबार बिहान सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । डडेलधुराको तापक्रम माइनस १ दशमलव ३ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।
जुम्लाको तापक्रम भने बढेको छ । बिहीबार जुम्लाको तापक्रम माइनस ६ दशमलव २ डिग्री मापन गरिएको छ । बुधबार भने जुम्लाको तापक्रम माइनस ८ डिग्री पुगेको थियो ।
प्रतिकृया दिनुहॊस