युवा स्वरोजगार कोषको रकमः ठूला व्यापारीलाई ५० करोडसम्म, पहुँच नहुने बेरोजगार युवाले २ लाख पनि पाउँदैनन्

काठमाडाैं । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत् सरकारले गरेको अर्बौं लगानी उपलब्धीविहिन भएको छ।

यो रकम बेरोजगार युवालाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरुको व्यापार विस्तार गर्न खर्च हुने गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। राष्ट्रिय सतर्कता केन्द्रले समेत कोषको रकम व्यापक दुरुपयोग भएको जनाएको छ। कोष मार्फत् अहिलेसम्म सात अर्ब रुपैयाँ लगानी भइसकेको छ।

धादिङको रोराङ गाउँपालिका–७ धुसाटारका दीपक बस्नेत र बुद्धिराज थपलियाले युवा तथा साना व्यवसायी रोजगार कोषको रकम प्राप्त गर्ने विषयमा तालिम लिएको १० वर्ष भयो। यसबीचमा उनीहरुले पाखोबारीमा तरकारी खेती गरेर पाखै हरियाली बनाउँदा समेत स्थानीय साना किसान सहकारी संस्थाले २ लाख रुपैयाँ ऋण दिएको छैन।

तर, ठूला व्यापारीलाई भने सहकारीहरुले ५० करोड रुपैयाँसम्म ऋण दिएका छन्। सुनसरीको बराह बचत तथा ऋण सहकारी संस्थाले रोजगार कोष मार्फत् आएको अधिकांश रकम बराह ज्वेलरीमा काम गर्ने युवालाई बाँडेको छ। कतिपय व्यवसाय नै नगरेका हुनेखानेहरुले पनि कोषको रकम लिएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिचिला भिरमा युवकको शव

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिकामा आज एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ …

प्रतिकृया दिनुहॊस