कुमारी बैंकको नाफा १९३ प्रतिशतले वृद्धि

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३५ करोड २९ लाख नाफा कमाएको छ । बैंकले पहिलो त्रैमासिकमा १९३.३४ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

यो नाफा बैंकले गत आर्थिक बर्षको सोही अवधीमा आर्जन गरेको भन्दा २३ करोड २६ लाख बढि हो । गत आवको पहिलो त्रैमासिकमा कुमारीको नाफा जम्मा १२ करोड ३ लाख मात्रै थियो । बैंकले तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेर पाँच अर्ब कर्जा प्रवाह वृद्धि गरेको छ । बैंकले असार मसान्तमा ६९ अर्ब निक्षेप संकलन गरेको थियो भने असोज मसान्तमा ७२ अर्ब पुर्याएको छ ।

कर्जा पनि ६१ अर्बबाट वृद्धि गरेर ६७ अर्ब पुर्याएको छ । ७ अर्ब १६ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ९५ करोड रुपैंयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस