काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनएमबी बैंकसहित तीन कम्पनीको कुल एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै एनएमबी बैंक, सेन्ट्रल फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।
सूचिकृत मध्ये एनएमबी बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर र सेन्ट्रल फाइनान्सको हकप्रद सेयर नेप्सेमा थपिएका छन् । एनएमबी बैंकको एक करोड १४ लाख ४ हजार ९३५ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार ७८५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सेन्ट्रल फाइनान्सको भने २ लाख १६ हजार ५०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।
प्रतिकृया दिनुहॊस