राष्ट्रिय परिचयपत्र आजदेखि बाँडिँदै, पाँचथरबाट शुभारम्भ

काठमाडौँ । सरकारले बायोमेट्रिक विवरणमा आधारित राष्ट्रिय परिचयपत्र आजदेखि वितरण गर्दैछ। पाँचथरको फिदिमबाट गृहमन्त्री रामबहादुर थापाले परिचयपत्र वितरण कार्यक्रम सुरु गर्दैछन् ।

फिदिमबाट एक जना र एक उच्च सरकारी अधिकारलाई परिचयपत्र दिएर गृहमन्त्रीले वितरण शुभारम्भ गर्नेछन् । तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य रहेको छ । आठ वर्षअघि सुरु गरिएको परियोजना लामो समयपछि कार्यान्वयनमा आएको हो ।

परिचयपत्र वितरणका लागि हालसम्म करिब ५९ हजारको नाम संकलन भइसकेको छ । पाँचथरमा ५२ हजार र उच्च सरकारी अधिकारीहरु सात हजारको तथ्याङ्क संलकन भइसकेको छ । सरकारले चार चरणमा परिचयपत्र वितरण गर्दैछ । उद्घाटनलाई पहिलो चरण मानेर दोस्रो चरणमा विभिन्न १५ जिल्लामा परिचयपत्र वितरण हुनेछ ।

यस्तै तेस्रो चरणमा २५ र चौथो चरणमा बाँकी ३६ जिल्लामा परिचयपत्र वितरण हुनेछ । वैयक्तिक विवरणसहित राहदानी, भू–स्वामित्व लगायतका विवरणलार्य परिचयपत्रले समेट्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री