राष्ट्रिय परिचयपत्र आजदेखि बाँडिँदै, पाँचथरबाट शुभारम्भ

काठमाडौँ । सरकारले बायोमेट्रिक विवरणमा आधारित राष्ट्रिय परिचयपत्र आजदेखि वितरण गर्दैछ। पाँचथरको फिदिमबाट गृहमन्त्री रामबहादुर थापाले परिचयपत्र वितरण कार्यक्रम सुरु गर्दैछन् ।

फिदिमबाट एक जना र एक उच्च सरकारी अधिकारलाई परिचयपत्र दिएर गृहमन्त्रीले वितरण शुभारम्भ गर्नेछन् । तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य रहेको छ । आठ वर्षअघि सुरु गरिएको परियोजना लामो समयपछि कार्यान्वयनमा आएको हो ।

परिचयपत्र वितरणका लागि हालसम्म करिब ५९ हजारको नाम संकलन भइसकेको छ । पाँचथरमा ५२ हजार र उच्च सरकारी अधिकारीहरु सात हजारको तथ्याङ्क संलकन भइसकेको छ । सरकारले चार चरणमा परिचयपत्र वितरण गर्दैछ । उद्घाटनलाई पहिलो चरण मानेर दोस्रो चरणमा विभिन्न १५ जिल्लामा परिचयपत्र वितरण हुनेछ ।

यस्तै तेस्रो चरणमा २५ र चौथो चरणमा बाँकी ३६ जिल्लामा परिचयपत्र वितरण हुनेछ । वैयक्तिक विवरणसहित राहदानी, भू–स्वामित्व लगायतका विवरणलार्य परिचयपत्रले समेट्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस