खुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ ।

लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो । देशमा विषम परिस्थिति हुदा पूर्वराजा ज्ञानेन्द्रले समेत गणेश हिमाल तर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गरेका थिए । पूर्वराजा वीरेन्द्रको वंशनासपछि केही समय नारायणहिटी राजदरबारबाट शासन संचालन गर्दा पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल तर्फका विभिन्न कक्षमा कुटनितिक नियोग र राजनीतिक व्यक्तिलाई भेट गर्ने गरेका थिए ।

कार्यालय समयपछि खुला हुने ती कक्षमा गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो । गणेश हिमाल कक्ष नजिक गोप्य रुपमा सवारी साधन प्रवेश गरेपछि कुन समयमा को संग भेटघाट गर्ने भन्ने विषय अन्य कसैलाई जानकारी हुदैन थियो । निजी तर्फका दुई –तीन निजी कर्मचारी बाहेक पूर्वराजाले को संग भेट गर्नुभयो विषयमा भन्ने समेत जानकारी नहुने गरी गोप्य रुपमा ती कक्षहरु प्रयोग हुदै आएको थियो । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङमा पिकअपभ्यान दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

काठमाडौं । बागलुङमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान जैमिनी-७ जैदीको व्यार्थला नजिकै बिहान दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहॊस