काठमाडौं । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था …
पुरा पढ्नुहॊस »मेक्सिकोमा तेलको पाइपलाइनमा बिस्फोट, ७१ जनाको मृत्यु
काठमाडाैँ । मेक्सिकोको इडाल्गोमा शुक्रबार साँझ तेलको पाइपलाइनमा बिस्फोट हुँदा ७१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस घटनामा दर्जनौँ घाइते भएका छन् । सरकारी स्वामित्वको प्रमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रुपमा तेल निकालेका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । राष्ट्रपति एन्ड्रेस म्यानवेल ओर्बयाडोरले तेल चोरी रोक्न आवश्यक कदम चाल्ने बताएका छन् । इडाल्गोमा गएको वर्ष तेलचोरीबाट राज्यलाई तीन अर्ब डलर बराबरको नोक्सानी भएको थियो ।
पुरा पढ्नुहॊस »मलेसियामा छुरा हानेर एक नेपालीको हत्या, अर्का एकजना घाइते
काठमाडाैँ । मलेसियाको राजधानी केपोङ्गको एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो । छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । उहाँलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा …
पुरा पढ्नुहॊस »नेशनल माइक्रोफाइनान्सको लोभलाग्दो प्रगति, प्रतिशेयर आम्दानी नै ७५ रुपैंया माथि
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वार्षिक ७५ रुपैंया भन्दा माथिको प्रतिशेयर आम्दानी हासिल गरेको छ । माइक्रोफाइनान्सले ५ करोड ७२ लाख रुपैंया खुद मुनाफा गर्दा उक्त प्रतिशेयर आम्दानी हासिल गरेको हो । अघिल्लो वर्ष पुँजी वृद्धिका बाबजुत माइक्रोफाइनान्सले अघिल्लो वर्षको सोही महिनामा कमाएको ६५ रुपैंया प्रतिशेयर आम्दानीलाई बढाएर ७५ रुपैंया पुर्याएको हो । अघिल्लो वर्ष उक्त कम्पनीले २० प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजी १२ करोडबाट …
पुरा पढ्नुहॊस »रियल मड्रिड ला लिगाको तेस्रो स्थानमा
काठमाडाैँ । स्पेनिस ला लिगामा रियल मड्रिडले सेभियालाई २–० ले हराएको छ । जितसँगै रियल मड्रिड ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । यो जितका कारण रियल मड्रिड तेस्रो स्थानमा मात्र उक्लिएन, उसले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी पनि सात अंकमा छोट्याएको छ । तर बार्सिलोनाले एक खेल कम खेलेको छ । सान्टियागो बर्नाबाउमा भएको खेलमा रियललाई जित दिलाउनका लागि कासिमिरो र लुका मोड्रिचले एक–एक गोल गरे । पहिलो हाफ …
पुरा पढ्नुहॊस »धारिलो हतियार प्रहार गरी युवकको हत्या
कैलाली । अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहबीच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा गोदावरी नगरपालिका १ का १९ वर्षीय अरुण भट्टको ज्यान गएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउँदा भट्टको ज्यान गएको हो । उनका अनुसार भट्टको दायाँ र बायाँ …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री आज स्विट्जरल्यान्ड प्रस्थान गर्दै, यस्तो छ भ्रमण तालिका
काठमाडौँ । प्रधानमन्त्री केपी ओली आइतबार विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन स्विट्जरल्यान्ड प्रस्थान गर्दै छन् । २२ देखि २५ जनवरीसम्म स्विट्जरल्यान्डको डाभोसमा हुने मञ्चको सभामा प्रधानमन्त्री सहभागी हुनेछन् । विश्वभरका सरकार प्रमुख तथा निजी क्षेत्रका प्रमुखहरू सहभागी हुने मञ्चको वार्षिक सभामा सहभागी हुने ओली नेपालका पहिलो प्रधानमन्त्री हुनेछन् । विश्वभरका ३ हजार सरकारी तथा निजी क्षेत्रका नेता भेला हुने डाभोसमा प्रधानमन्त्री ओलीले २२ र २३ जनवरीमा हुने दुईवटा सत्रमा प्यानलिस्टका …
पुरा पढ्नुहॊस »होटलमा भाँडा माझ्ने महिलालाई बिदाको दिन पनि बोलाइयो, २ अर्ब ४४ करोड क्षतीपूर्ती दिनुपर्ने
अमेरिका । अमेरिकाको वासिङ्टनस्थित होटलमा भाँडा माझ्ने महिलालाई २१.५ मिलियन डलर (दुई अर्ब ४४ करोड रुपैयाँ) क्षतीपूर्ती दिन आदेश दिइएको छ । होटलले महिलालाई बिदाको दिन अर्थात् आइतबार पनि काममा बोलाएको थियो जसका कारण उनी चर्चमा समेत जान असमर्थ हुन्थिन् । होटलले आफ्नो धार्मिक भावनालाई ठेस् पुर्याएको महिलाले आरोप लगाएकी थिइन् । होटलमा महिलाले ६ वर्ष काम गरिन्ः मेरी जिन पिरीले कोन्राड मायामी होटलमा ६ वर्षसम्म काम गरिन् । उनका …
पुरा पढ्नुहॊस »नेपाली हाते कागज उद्योग संकटमा
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३, रुमको अधिभारामा संचालित नेपाली हाते कागज उद्योग संकटमा परेको छ । अधिभारा नेपाली हाते कागज उत्पादन समूहमार्फत सञ्चालित उद्योग आवश्यक औजार तथा कच्चापदार्थको अभाव, आर्थिक स्रोत र बजारको समस्याले संकटमा परेको हो । स्थानीय ६ जना लगानीकर्ता र रुमका ४ वटा सामुदायिक वन मिलेर करिब १८ लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालन गरिएको हो । उद्योगमार्फत उत्पादित उत्पादन बिक्री गर्न झन्झटिलो प्रक्रिया, लगानीअनुसारको प्रतिफल नआउनु, पर्याप्त …
पुरा पढ्नुहॊस »कपिलवस्तुमा ब्राउन सुगरसहित एकजना पक्राउ
कपिलवस्तु । ब्राउन सुगर सहित कपिलवस्तु प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका– ७ बनगाई मोतिपुरका ३५ बर्षीय जगतराम थारुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले थारुलाई पक्राउ गरेको जनाइएको छ । थारुलाई १।८० मिली ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय पिपरामा रखि थाप अनुसन्धान कार्य भै रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
पुरा पढ्नुहॊस »