काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने घोषणा गरेको छ । ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो । अब १४ दिनभित्र इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किए ठेक्का रद्द हुनेछ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको छ । यदि दुई हप्तासम्म पनि उसले सरकारलाई चित्तबुझ्दो …
पुरा पढ्नुहॊस »श्रीमतिको हत्या गरी आफैं आत्महत्या
टीकापुर । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतिको हत्या गरी आफैं आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमति रमा चौधरीको हत्या गरी आफैं आत्महत्या गरेका छन्। उनले श्रीमतिको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेको देखिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। प्रेमलाल श्रीमतिको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेका …
पुरा पढ्नुहॊस »रामकृष्ण ढकालको नयाँ ‘पूर्णिमाको जुनसँग’ रिलिज
काठमाडाैँ । सुगम गायनमा चर्चित रामकृष्ण ढकालको स्वरमा नयाँ गीत रिलिज भएको छ। ढकालको स्वरमा ‘पूर्णिमाको जुनसँग’ बोलको गीत रिलिज भएको हो।हसिकुमारको रचना रहेको गीतममा हरि लम्सालले संगीत भरेका छन्। गजल, कबिता, मुक्तकमा कलम चलाउँदै आएका हसीकुमारले पछिल्लो समय गित रचना गरी रेकर्डिँग गराएका हुन्।बिमोचन उन्मुख रहेको छ वटा गीत सहितको गिती एल्बममा समेटिएको यस रोमान्टिक गीत मनै आनन्द दिने उनको भनाइ छ। रामकृष्ण ढकाल आफै र अमेरिका बस्ने मोडल …
पुरा पढ्नुहॊस »आइतबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
काठमाण्डौ । अमेरिकी डलरको भाउ बढ्दा आइतबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ पनि बढेको छ । आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ । शुक्रबार खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा …
पुरा पढ्नुहॊस »१२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा परेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा भर्ना गरिएका केसीको स्वास्थ्य संक्रमण उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा सेतो रक्तकणिका संख्या ३ हजारमा झरेको चिकित्सकहरुको भनाइ छ । संक्रमणको जोखिम ध्यानमा राखेर केसीलाई स्वास्थ्य टोलीबाहेक कसैसँग भेट्न दिइएको छैन । अस्पतालले केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार …
पुरा पढ्नुहॊस »आप्रवासी सवार दुईवटा डुंगा दुर्घटना, १७० जनाको मृत्यु
स्पेन। भूमध्यसागरमा आप्रवासी सवार दुईवटा डुंगा डुब्दा कम्तीमा १७० जनाको मृत्यु भएको छ । लिवियाको तटीय क्षेत्रमा आप्रवासी सवार एउटा डुंगा डुब्बा ११७ जनाको मृत्यु भएको छ भने अल्बेरियन समुद्री क्षेत्रमा भएको अर्को डुंगा दुर्घटनामा ५३ जनाको मृत्यु भएको हो । आप्रवासी सवार डुंगा दुर्घटनाबारे इटालियन सुरक्षाकर्मीले जानकारी दिएपछि मोरक्को र स्पेनका अधिकारीहरुले डुंगाको खोजी गरिरहेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगले भने मृतकको संख्याबारे केही बताएको छैन । सन् …
पुरा पढ्नुहॊस »मुआब्जा माग्दै नुवाकोट जिल्ला बन्द
बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् । आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सङ्घर्षको कार्यक्रमअन्तर्गत जिल्ला बन्द गराएका हुन् । मुआब्जापीडित सङ्घर्ष समितिको आयोजनामा भएको बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा …
पुरा पढ्नुहॊस »अत्यधिक सञ्चालन खर्चले देव विकास बैंकको नाफा घट्याे, अन्य सूचक भने राम्रो
काठमाडौं । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा उच्च वृद्धि हुँदा देव विकास बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा कमी आएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल १३ करोड २९ लाख रुपैंया खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा बैंकको नाफा १४ करोड ६ लाख रुपैंया नाफा गरेको थियो । बैंकको यो नाफा घट्नुमा बढ्दो व्यवस्थापन खर्च नै मुख्य कारण हो । बैंकको कर्मचारी र …
पुरा पढ्नुहॊस »सर्लाहीमा आगलागी हुँदा चार घर जले, १८ लाखकाे क्षति
सर्लाही । सर्लाहीको बलरामा आगलागी हुँदा चार घर जलेका छन्। आगलागीबाट १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बलरा–८ का ईशा महमदको घरबाट सुरु भएको आगोले स्थानीय सलिम लहेरी, मजुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट पोल्ट्री फर्म, खाद्यान्न, लत्ताकपडा जलेको छ। सम्पूर्ण जायजेथा आगोले नष्ट भएपछि पीडित परिवारको विचल्ली भएको छ।
पुरा पढ्नुहॊस »नेकपा अध्यक्ष प्रचण्डपत्नी अस्पताल भर्ना
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा. युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ । सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको …
पुरा पढ्नुहॊस »