रियल मड्रिड ला लिगाको तेस्रो स्थानमा

काठमाडाैँ । स्पेनिस ला लिगामा रियल मड्रिडले सेभियालाई २–० ले हराएको छ । जितसँगै रियल मड्रिड ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

यो जितका कारण रियल मड्रिड तेस्रो स्थानमा मात्र उक्लिएन, उसले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी पनि सात अंकमा छोट्याएको छ । तर बार्सिलोनाले एक खेल कम खेलेको छ ।

सान्टियागो बर्नाबाउमा भएको खेलमा रियललाई जित दिलाउनका लागि कासिमिरो र लुका मोड्रिचले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बनेको खेलको ७८औं मिनेटमा कासिमिरोले रियल मड्रिडलाई अग्रता दिलाए । इन्ज्युरी समयमा मोड्रिचले गोल गर्दै रियललाई २–० को जित दिलाए ।

सेभिया भने ३३ अंकसहित चौथो स्थानमा झरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री