मेक्सिकोमा तेलको पाइपलाइनमा बिस्फोट, ७१ जनाको मृत्यु

काठमाडाैँ । मेक्सिकोको इडाल्गोमा शुक्रबार साँझ तेलको पाइपलाइनमा बिस्फोट हुँदा ७१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस घटनामा दर्जनौँ घाइते भएका छन् ।

सरकारी स्वामित्वको प्रमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रुपमा तेल निकालेका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

राष्ट्रपति एन्ड्रेस म्यानवेल ओर्बयाडोरले तेल चोरी रोक्न आवश्यक कदम चाल्ने बताएका छन् । इडाल्गोमा गएको वर्ष तेलचोरीबाट राज्यलाई तीन अर्ब डलर बराबरको नोक्सानी भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस