News desk

नेपालमा मोन्ट्रियल सन्धि लागू, यी हुन् हवाई यात्रुलाई हुने चार फाइदा

काठमाडाैँ । हवाई यात्रुको बीमासम्बन्धी अन्तर्राष्ट्रिय मोन्ट्रियल सन्धि १९९९ नेपालमा शनिवारदेखि कार्यान्वयनमा आएकाे छ। यो महासन्धि लागू भएसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपालीले बीमा बापत न्यूनतम १ लाख १३ हजार १०० स्पेशल ड्रइङ राइट्स (एसडिआर) पाउनेछन्। यो भनेको करिब १ लाख ६६ हजार ९ सय ७८ डलर हो। एसडिआर अन्तर्राष्ट्रिय मुद्रा कोषले तय गरेको अपरिवर्तनीय विनियमदर हो। शनिबारदेखि अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुले यो व्यवस्थाअनुसार बीमा दाबी गर्न सक्ने नेपाल नागरिक …

पुरा पढ्नुहॊस »

नवलपुुरको आरुंगखोलामा नेपाल बैंक

काँठमाडाैँ । नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुुर जिल्लास्थित आरुंगखोलाबजारमा शाखा पुनःस्थापना गरेको छ । पुनःस्थापित शाखामा एक विशेष समारोहकाबीच गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ र नेपाल बैंक लिमिटेडका सहायक कार्यकारी अधिकृत श्याम सुन्दर कँडेलले संयुक्त रूपमा कारोबार शुभारम्भ गरे । सो अवसरमा उद्योग वाणिज्य संघ मध्यविन्दु नगरपालिकाका अध्यक्ष केदारप्रसाद पराजुलीले पुनःस्थापित बैंक शाखाबाट कृषि पशुपालन साना मझौला उद्योगमा लगानी हुने अपेक्षा प्रकट गरे भने शाखा प्रवन्धक संस्कृति प्रधानले बैंक …

पुरा पढ्नुहॊस »

जाडोमा औँला सुन्निने समस्याबाट कसरी बच्ने ?

काठमाडौँ । जाडो बढेसँगै धेरैले हात खुट्टाका औँला सुन्निने समस्या झेल्न थालेका छन्।यो समस्यामा पुरुषको दाँजोमा महिला वढी पर्ने गरेका छन्। चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’ भनिने यो समस्याले बुढापाका र बालबालिकालाई समेत सताउने गरेको छ। ‘हातखुट्टा मात्र नभई, नाक, कानको लोती, गाला, तिघ्रा, नितम्ब, नली हाड आदिमा समेत यो समस्या हुने गर्छ,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौदर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्णले भने। यो खासै ठूलो समस्या नभएकाले यसको उपचार आवश्यक नरहेको …

पुरा पढ्नुहॊस »

पोखरा फाइनान्सको नयाँ शाखा गोरखाको पालुङ्गटारमा

काठमाडाैँ । पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङ्गटार न.पा. ५, ठाँटीपोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको उद्घाटन संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुङ्गटार नगरपालिकाका नगर उपप्रमुख  पम्फा बसेलले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुङ्गटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी र समाजसेवी विमल ढकालले शुभकामना मन्तव्य व्यक्त गरे । हाल संस्थाको चुक्ता पुँजी रु. ८५.७२ करोड रहेको छ । …

पुरा पढ्नुहॊस »

नेकपाका चार नेताले अध्यक्षद्वयको आज खुलेर आलोचना गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पाँच महिनापछि शनिबार बस्दै छ। २१ असारपछि पहिलोपटक बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए। २२ मंसिरमा बालुवाटारमा केन्द्रीय सचिवालय बैठक डाकेर अपमानपूर्वक पर्खाइएको भन्दै चार नेताले बहिष्कार गरेपछि शनिबारका लागि स्थायी समिति बैठक बोलाएको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। चार नेता बाहिरिएपछि अध्यक्षद्वय केपी …

पुरा पढ्नुहॊस »

कलङ्की महाराजगञ्ज सडक विस्तारका लागि अध्ययन शुरु

ललितपुर । चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ । यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताए । चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो उक्त सडक कोटेश्वर कलङ्की सडकजस्तै आठ लेनको हुने जानकारी दिँदै उनले भने, “मुख्य लेन र …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार

काठमाडौँ ।  संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिलाई पत्राचार गरेको छ । समितिले पत्राचार अनुसार सुनुवाइ प्रक्रियाबारे छलफलका लागि आइतबार प्रारम्भिक बैठक बोलाएको छ । आइतबारको बैठकबाट उजुरी आह्वानसम्बन्धी निर्णय हुनेछ । सुनुवाइ समितिका उपसचिव केशव अर्यालले संंवैधानिक परिषद्बाट सुनुवाइ प्रक्रियाका लागि पत्राचार प्राप्त भइसकेको जानकारी दिए । समितिले प्रारम्भिक बैठकबाट प्रस्तावित पदाधिकारीउपर उजुरी आह्वान गर्नेछ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध उजुरी भए समितिमा पेश …

पुरा पढ्नुहॊस »

नुवाकोट दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २० पुग्यो

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडौं उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

घरधनी सांसदलाई घरभाडा, राजधानीमा घर हुने सांसदहरु को-को ?

काठमाडौं । भीमसेनदास प्रधान काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको संगोलमा घर छ । उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन् । संसद सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठादिने गरेको छ । ‘ज्याँठामा मेरो संगोलमा घर छ । रक्षामन्त्री हुँदा सुरक्षाकर्मी राख्ने ठाउँ नभएपछि …

पुरा पढ्नुहॊस »

काठमाडौंको आजको तापक्रम यो वर्षकै कम, तीन डिग्री सेल्सियसमा झर्‍याे

काठमाडौं । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । गएको बिहीबार र शुक्रबार बदली भई केही ठाउँमा हल्का वर्षासमेत भएको थियो । यो प्रणाली कमजोर भैसकेकाले शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका हुन् । मौसम खुला भएपछि न्यूनतम तापक्रम भने घटेर चिसो बढ्नेछ । शनिबार बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार ३ दशमलव …

पुरा पढ्नुहॊस »