नेपालमा मोन्ट्रियल सन्धि लागू, यी हुन् हवाई यात्रुलाई हुने चार फाइदा

काठमाडाैँ । हवाई यात्रुको बीमासम्बन्धी अन्तर्राष्ट्रिय मोन्ट्रियल सन्धि १९९९ नेपालमा शनिवारदेखि कार्यान्वयनमा आएकाे छ। यो महासन्धि लागू भएसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपालीले बीमा बापत न्यूनतम १ लाख १३ हजार १०० स्पेशल ड्रइङ राइट्स (एसडिआर) पाउनेछन्। यो भनेको करिब १ लाख ६६ हजार ९ सय ७८ डलर हो। एसडिआर अन्तर्राष्ट्रिय मुद्रा कोषले तय गरेको अपरिवर्तनीय विनियमदर हो।

शनिबारदेखि अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुले यो व्यवस्थाअनुसार बीमा दाबी गर्न सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

सन्धि लागू भएसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमायल एयरलाइन्स र बुद्ध एयरबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटना भएको खण्डमा करोडौंसम्म बीमा बापतको रकम पाउनेछन्। महासन्धि अनुमोदन गरेका अन्य मुलुकबाट नेपाल आउने अन्तर्राष्ट्रिय एयरलाइन्सका यात्रुहरुका हकमा पनि सो व्यवस्था लागू हुने संस्कृति पर्यट तथा नागरिक उड्यन सहसचिव सुद्धिसागर लामिछाने बताउँछन्। सन्धि अनुमोदन नगरेका मुलुकबाट उडान गर्ने वायुसेवा कम्पनीका हवाई यात्रुका हकमा यो लागू नहुने उनले बताए।

नेपालले भर्खरै कार्यान्वयनमा ल्याएको यो महासन्धि १३४ देशले यसअघि नै अनुमोदन गरिसकेका छन्। नेपाल १३५ औं हो।

मोन्ट्रियल सन्धि कार्यान्वयन हुँदा हवाई यात्रुलाई हुने फाइदा के के हुन्? 

१. दुर्घटना बीमा बापत बढी पैसा
२. उडान ढिला भए क्षतिपूर्ति
३. ब्यागेज बिग्रिए, हराए, ढिला भए क्षतिपूर्ति
४. कार्गो सामान बिग्रिए, ढिला भए, हराएमा क्षतिपूर्ति

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस