प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार

काठमाडौँ ।  संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिलाई पत्राचार गरेको छ ।

समितिले पत्राचार अनुसार सुनुवाइ प्रक्रियाबारे छलफलका लागि आइतबार प्रारम्भिक बैठक बोलाएको छ । आइतबारको बैठकबाट उजुरी आह्वानसम्बन्धी निर्णय हुनेछ ।

सुनुवाइ समितिका उपसचिव केशव अर्यालले संंवैधानिक परिषद्बाट सुनुवाइ प्रक्रियाका लागि पत्राचार प्राप्त भइसकेको जानकारी दिए । समितिले प्रारम्भिक बैठकबाट प्रस्तावित पदाधिकारीउपर उजुरी आह्वान गर्नेछ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध उजुरी भए समितिमा पेश गर्न १० दिनको समय दिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री