Black clouds hover around Kathmandu valley on Friday, January 27, 2017. Photo: /Nagarik/Republica

काठमाडौंको आजको तापक्रम यो वर्षकै कम, तीन डिग्री सेल्सियसमा झर्‍याे

काठमाडौं । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । गएको बिहीबार र शुक्रबार बदली भई केही ठाउँमा हल्का वर्षासमेत भएको थियो । यो प्रणाली कमजोर भैसकेकाले शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका हुन् ।

मौसम खुला भएपछि न्यूनतम तापक्रम भने घटेर चिसो बढ्नेछ । शनिबार बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार ३ दशमलव २ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शनिबार अझै घटेको हो । दिउँसो उपत्यकाको तापक्रम १९ देखि २१ डिग्रीसम्म पुग्ने मौसमविद् मन्जु बासीको अनुमान छ । दिउँसो देशभरीकै मौसम सफा भए पनि राति भने पूर्वको मौसम आशिंक बदली हुने संभावना रहेको उनले बताए।

मौसमविद् बासीका अनुसार बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आइतबार र सोमबार पूर्व र मध्य क्षेत्रको मौसम बदली हुनेछ । सामान्यतया राति बादल लागे बिहान न्यूनतम तापक्रम बढ्छ र खुल्ला भए बिहान न्यूनतम तापक्रम बढ्छ । मौसम खुला हुँदा जमिन चिसिने भएकाले बिहानको तापक्रम घट्ने मौसमविद्को भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after