उपत्यकाका अधिकांश सडकको अवस्था दयनीय

काठमाडौं  । सरकारले पानीजहाज र रेल सञ्चालनको कार्ययोजना अघि सारिरहे पनि राजधानी तथा आसपासका अधिकांश सडकको अवस्था भने दयनीय छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिका, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मेलम्ची खानेपानी आयोजनालगायतका सरकारी निकायको गैरजिम्मेवारीपनका कारण उपत्यकावासी हैरान छन् ।

पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने मुख्य विशेषता बोकेका राजधानीका सडकमा यात्रा गर्दा जोखिम मोल्नुपर्ने अवस्था छ । रिङरोडभित्र कम समस्या भए पनि रिङरोड आसपासका राजधानीका अधिकांश सडकमा हिँड्दा जोखिम मोल्नुपर्ने अवस्था छ । रिङरोडबाहिरका अधिकांश सडकमा कलंकी, सीतापाइला, स्वयम्भू, बालाजु, महाराजगन्ज, चाबहिल, सातदोबाटोलगायतका क्षेत्रबाट चक्रपथ भेट्न आइपुग्ने सडक क्षतिग्रस्त बन्न पुगेका कारण सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन् । चक्रपथबाहिरका अधिकांश सडक समयमै निर्माण सम्पन्न हुन नसक्दा तथा मर्मतसम्भार अभावलगायतका कारण अवस्था दयनीय बन्न पुगेको हो ।

रिङरोडभित्रका सडकमा मेलम्ची खानेपानी आयोजनाका कारण सडकका दायाँबायाँ तथा सडकका बीच भागमा खनिएका सडकका विभिन्न स्थानमा पानी जम्ने तथा हिलोले झनै खाल्डाखुल्डी बन्दा दुईपांग्रे सवारी र पैदलयात्रु मर्कामा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अनुगमन प्रतिवेदनले समेत काठमाडाैँका सडकमा गम्भीर समस्या रहेको औंल्याएको छ ।

काठमाडाैँ महानगर मातहत र सडक विभाग मातहतका सडकका बारेमा गरिएको अनुगमनमा निर्माण सम्पन्न भइसक्नुपर्ने समयमा २० प्रतिशत मात्र भौतिक प्रगति भएकाले निर्माण कार्य कमजोर र दयनीय भएको निष्कर्षसमेत निकालिएको छ । प्रतिवेदनमा त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको झन्डै १३ किलोमिटर सडक ३० पुससम्ममा सक्नुपर्ने समयावधि रहेकामा सडकका ४ खण्डमा काम गरिरहेका विभिन्न निर्माण कम्पनीहरुले ५० देखि ७० प्रतिशत मात्र भौतिक प्रगति गरेको देखिएको छ ।

चाबहिल–जोरपाटी–साँखु सडकको १३ किलोमिटर सडकमा ६ खण्डमा निर्माण कम्पनीहरूले काम गरिरहेकामा फागुनसम्म सम्पन्न गरिसक्नुपर्ने सडकमा २० देखि ७२ प्रतिशत मात्र काम सम्पन्न भएकोे छ । यस सडकको एक ३ दशमलव ६ किलोमिटर सडकमा युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न गरेको पाइएको हो । जुन यस अनुगमनको सबैभन्दा कम भौतिक प्रगति हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस