ओम डेभलपमेन्ट बैंकको खुद नाफामा ५९ प्रतिशत वृद्धि

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद नाफा ५९ दशमलव ८५ प्रतिशत बढेको छ । गत आवको दोस्रो त्रैमासमा रू. १५ करोड ३ लाख १२ हजार खुद नाफा कमाएको बैंकले चालू आवको सोही समयमा रू. २४ करोड २ लाख ७४ हजार खुद नाफा कमाएको छ । बैंकको संचालन नाफा ६८ प्रतिशत र खुद ब्याज आम्दानी ६१ प्रतिशत बढेकाले खुद नाफा बढेको हो । बैंकको संचालन नाफा रू. ३७ करोड ३२ लाख २६ हजार रहेको छ भने खुद ब्याज आम्दानी रू. ५२ करोड ३ लाख ४२ हजार रहेको छ ।

चालू आवको दोस्रो त्रैमासमा बैंकको चुक्तापूँजी रू. २ अर्ब ५१ करोड ५२ लाख पुगेको छ । साथै, जगेडा कोषमा रू. १ अर्ब ४ करोड २८ लाख ९३ हजार रहेको छ । बैंकले सो समयमा रू. २३ अर्ब ६८ करोड ४७ लाख ३७ हजार निक्षेप संकलन गरेको छ भने रू. २१ अर्ब ३४ करोड ६७ लाख ७२ हजार कर्जा प्रवाह गरेको छ । साथै, बैंकले रू. ९० करोड ९६ लाख ६२ हजार लगानी गरेको छ । बैंकले संभावित जोखिमका लागि रू. ६ करोड १८ लाख ८५ हजार छुट्याएको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ६ प्रतिशत, प्रति शेयर आम्दानी (वार्षिक) रू. १९ दशमलव ११ र तरलता अनुपात २४ दशमलव ३७ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds