राष्ट्रिय वाणिज्य सहकारीको अठारौं साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अठाराैं साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ ।  साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य सहकारीको प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारीलाई आफ्नो सहयोग मिल्ने बताए । उनले राष्ट्रिय वाणिज्य बैंक निरन्तर अगाडि बढ्दै रहेको पनि बताए ।

कार्यक्रममा रावा बचत तथा ऋण सहकारी संस्था लि.का अधिकारीहरुले प्रस्तुत गरेको प्रतिवेदनहरु पारित गरिएको थियो ।

सहकारीका कार्यवाहक अध्यक्ष भैरबबहादुर हमालको सभापतित्वमा सम्पन्न सो साधारण सभामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, विनोदकुमार गुरागाई, सुनीलकुमार रेग्मी, भरतबहादुर भण्डारी र हेमबहादुर कार्कीले बोलेका थिए ।

रावा बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको सक्रियतामा अठार वर्ष अघि स्थापना भएको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after