News desk

म्यानपावरको धरौटी नबढाउन चलखेल सुरु

काठमाडौं । म्यानपावर कम्पनीको धरौटी बढाउन नदिन वैदेशिक रोजगार व्यवसायीले चलखेल सुरु गरेका छन् । सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउने तयारी गरेपछि व्यवसायी शक्ति केन्द्रहरु धाउँदै रोक्ने अन्तिम कसरतमा लागेका छन् । सरकारले म्यानपावर व्यवसायीको धरौटी बढाउन संसद्मा प्रस्ताव पठाएको छ । व्यवसायीले यद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलगायत शक्तिकेन्द्र धाउँदै धरोटी बढाउने सरकारको प्रस्ताव रोक्न जोड गरिहेका छन् । व्यवसायीले केही दिनअघि कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री …

पुरा पढ्नुहॊस »

पूर्वराजा डेढ महिने तराई यात्रामा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिने तराई यात्रामा निस्कदै छन् । आइतबार दिउँसो उनी काठमाडौंबाट बुद्ध एयरको विमानबाट सीमरा जाँदैछन् । पूर्व रानी कोमल र सहयोगीसंगै उनी अपरान्ह ४ बजे सीमरा विमानस्थल पुग्ने कार्यक्रम रहेको जनाइएको छ । सीमरामा एक हप्ता बस्ने कार्यक्रम रहेको उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् । पूर्वराजा शाह माघ २० गते दमक जाने कार्यक्रम छ । दमकमा झण्डै एक महिना बसाई हुने बुझिएको …

पुरा पढ्नुहॊस »

अन्धाधुन्ध गोली हानी बुवाआमासहित पाँचजनाको हत्या

काठमाडाैँ । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको ज्यान गएको हो । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा घटना भएको हो । २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाएपछि भागेका थेरिओटको खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ । स्थानीय समय अनुसार शनिबार बिहान घटना भएको हो । थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ …

पुरा पढ्नुहॊस »

ब्राजिलमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं । ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ४० पुगेको छ । घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो । उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन् । मिनासका गभर्नर रोमेउ जेमाले उद्धार प्रयास भइरहे …

पुरा पढ्नुहॊस »

मलेशियामा एक नेपालीको मृत्यु

सोलुखुम्बु ।  वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।  माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो ।  बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनका भाई दानकुबिर राईले जानकारी दिए । मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न  सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत थिए ।मृतक …

पुरा पढ्नुहॊस »

स्पेनिस लिगमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले गएराति गेटाफेलाई २–० ले हरायो । एथ्लेटिकोलाई विजयी गराउन एन्टोनियो ग्रिजमन र साउल निग्वेजले एक–एक गोल गरे । खेलको अन्त्यतिर गेटाफेका डाकोमन र बाकेराले रातो कार्ड खाएपछि टोली ९ जनामा सेमटिएको थियो । ला लिगाकै अर्को खेलमा सेभियाले लेभान्तेलाई ५–० ले हराउँदा भ्यालेन्सियाले भियारियालमाथि ३–० को जित निकाल्यो । ला–लिगा …

पुरा पढ्नुहॊस »

हिमपातका कारण अवरुद्ध सात जिल्लाका यातायात सञ्चालन

डडेल्धुरा । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो । राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य सहकारीको अठारौं साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अठाराैं साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ ।  साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य सहकारीको प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारीलाई आफ्नो सहयोग मिल्ने बताए । उनले राष्ट्रिय वाणिज्य बैंक निरन्तर अगाडि बढ्दै रहेको पनि बताए । कार्यक्रममा रावा बचत तथा ऋण सहकारी संस्था लि.का अधिकारीहरुले प्रस्तुत गरेको प्रतिवेदनहरु पारित गरिएको थियो । सहकारीका …

पुरा पढ्नुहॊस »

बर्नलेको पोस्टमा म्यानचेस्टर सिटीको पाँच गोल

काठमाडाैँ । बर्नलेको पोस्टमा पाँच गोल वर्षाउँदै म्यानचेस्टर सिटी इंग्लिस एफए कपको पाँचौं चरणमा पुगेको छ । शनिबार राति भएको खेलमा दोस्रो हाफमा चार गोल गरेपछि सिटीले ५–० को जित निकाल्यो । पहिलो हाफको मध्यमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । मातेज भिद्राले एउटा राम्रो मौका गुमाएपछि जेससको सोही गोलको अग्रता सिटीले पहिलो हाफ भरी जोगाउन सक्यो । ५२औं मिनेटमा बर्नार्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गरे …

पुरा पढ्नुहॊस »

उपत्यकाका अधिकांश सडकको अवस्था दयनीय

काठमाडौं  । सरकारले पानीजहाज र रेल सञ्चालनको कार्ययोजना अघि सारिरहे पनि राजधानी तथा आसपासका अधिकांश सडकको अवस्था भने दयनीय छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिका, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मेलम्ची खानेपानी आयोजनालगायतका सरकारी निकायको गैरजिम्मेवारीपनका कारण उपत्यकावासी हैरान छन् । पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने मुख्य विशेषता बोकेका राजधानीका सडकमा यात्रा गर्दा जोखिम मोल्नुपर्ने अवस्था छ । रिङरोडभित्र कम समस्या भए पनि रिङरोड आसपासका …

पुरा पढ्नुहॊस »