मोनोरेलको डीपीआर सम्झौता आज हुँदै

काठमाडौँ । काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिए ।

उनले भने, “मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५) का पदाधिकारीहरू नेपाल आइसक्नुभएको छ । उहाँहरूसँग बुधबार सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।” सम्झौता भएको छ महिनाभित्र डीपीआर तयार हुने जानकारी उनले दिए । सीआरसीसी चीनको सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।

काठमाडौँ र ललितपुरमा मोनोरेल सञ्चालनका लागि यसअघि नै सम्भाव्यता अध्ययन भइसकेको तथा अध्ययनले मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको थियो । त्यसैगरी, अध्ययनले चक्रपथमा मोनोरेल निर्माणको कुल लागत एक खर्ब १६ अर्ब रुपियाँ लाग्ने तथा चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा स्टेशन रहने गरी निर्माण सम्पन्न गर्न सकिने देखाएको थियो ।

यसअघि, काठमाडौँ साइमेक्सले इन्क प्रालिले समेत काठमाडौं र ललितपुर महानगरपालिकामा मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । सो अध्ययनका लागि काठमाडौं महानगरपालिका र सो कम्पनीबीच गत वर्ष सम्झौता भएको थियो । साइमेक्स कम्पनीलेले चिनियाँ बिवाईडी कम्पनीसँग मिलेर सम्भाव्यता अध्ययन गरेको थियो । चार महिना लगाएर तयार पारिएको सो सम्भाव्यता अध्ययन जर्मनी र बेलायतका विज्ञहरूको सलग्नतामा भएको थियो ।

राजधानीको ट्राफिक अस्तव्यस्तता हटाउन, सवारी दुर्घटना कम गर्न, ध्वनि प्रदूषण न्यून गर्न तथा हावाको शुद्धता बढाउन, पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्न, समग्र उत्पादनमा बृद्धि ल्याउन मोनोरेलको आवश्यकता प्रतिवेदनमा औंल्याइएको थियो । विद्युतीय मोनोरेलमा १० किलोमीटरसम्म ब्याट्री ब्याकअप रहेको हुन्छ । आधुनिक प्रविधिबाट बनाइएको यो मनोरेल चीनका विभिन्न सहरमा प्रयोगमा आइसकेको छ । एउटा डिब्बामा दुई सय जनासम्मले यात्रा गर्ने क्षमता भएको यस मनोरेल प्रतिघण्टा ३० देखि ८० किलोमिटरसम्म गुड्ने कुरा साइमेक्स इंकले जनाएको छ । विद्युतबाट चल्ने मोनोरेलको निर्माण मेट्रो रेलभन्दा समय र लागतको हिसाबले तीन गुणा सस्तो पर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस