लोभी सांसदः स्वकीय सचिवको तलबसमेत आफैँ खान्छन्

काठमाडाैँ । संघीय संसद्का पदाधिकारी र सांसद्ले आफ्ना स्वकीय सचिव र सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ।

ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा वढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना छन्।

संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन्।

सचिबालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको छ।

यो रकम संघीय संसद्मा बहाल रहेका ३ सय ३२ सांसदलाई दिने पारिश्रमिकभन्दा ५४ लाख २५ हजार वढी हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री