लेस्टर सिटीलाई पन्छाउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

काठमाडौं । लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा हरायो ।

चोटका कारण लामो समयपछि मैदानमा फर्किएका केभिन डे ब्रायनले म्यान सिटीका लागि पहिलो गोल गरे । तर लेष्टरका म्याथ्यु अलब्राईटनले एक गोल फर्काउँदै खेल बराबरी गरे । अतिरिक्त समयमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल टाई ब्रकेरमा पुग्यो । टाइ ब्रेकरमा म्यान सिटी ३–१ ले विजयी भयो ।

लिग कपकै अर्को खेलमा मिडिल्सब्रोलाई १–० ले हराउँदै बुर्टन आल्बियोन पनि सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा बाँकी दुई क्वाटरफाईनल खेल आज राति हुनेछन् । आज आर्सनल र टोटनह्याम हट्सपर भिड्दा चेल्सीले बर्नमाउथसँग खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस