कैलाश विकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । कैलाश विकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कैलाश विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण गोपाल मानन्धर तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे ।

जीवन बीमाप्रति आम सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई बीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमाझ बैंकिङ्ग साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दो बैंकिङ्ग सेवा दिँदै आएको कैलाश विकास बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीको छ ।

सम्झौता अनुसार ग्राहकहरुले कैलाश विकास बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

ग्राहकको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको सिटिजन जीवन सारथी जस्ता नवीन तथा नौलो योजनाहरुले कैलाश विकास बैंकका ग्राहकहरुलाई पनि थप सुविधा प्रदान गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस