News desk

सेञ्चुरीको स्वास्थ्य शिबिरमा १५० बढिको निशुल्क स्वास्थय परीक्षण

काठामडौं । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा इसिजी तथा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारी लगायत सर्वसाधारण गरी शिविरमा १५० जनाभन्दा बढीको निःशुल्क …

पुरा पढ्नुहॊस »

सुनको मूल्य १ सय बढ्यो

काठमाडाैं । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : एसपी डिल्लीराज विष्टसहित तीनैजनाको डीएनए मिलेन

काठमाडाैं । साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीनजनाको डिएनए रिपोर्ट आएको छ । प्रहरी स्रोतका अनुसार एसपी बिष्टसहितको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग मिलेन । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग उनीहरूको नमूना नमिलेको हो । स्रोतले भन्यो, ‘एसपीमात्र होइन एसपीका छोरा र मेयरका भतिजाको पनि रिपोर्ट म्याच गरेन।’ उनीहरु तीन जनाको रिपोर्ट …

पुरा पढ्नुहॊस »

८७ स्थानीय तह अझै वाणिज्य बैंकविहीन

काठमाडौं । ८७ स्थानीय तहहरुमा अझै वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ८७ स्थानीय तहहरुमा वाणिज्य बैंक पुग्न नसकेको जनाएको हो । ‘संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ ।’ -राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । कुन प्रदेशका कति तहमा पुगे ? …

पुरा पढ्नुहॊस »

नेपाली कामदारको सबै खर्च मलेसियाले बेहाेर्ने

काठमाडौं । नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। नागरिक दैनिक लेख्छ, मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत भएको हो। यो सहमति कार्यान्वयनमा ल्याउन दुई सातापछि मलेसियाली …

पुरा पढ्नुहॊस »

राष्ट्रिय परिचयपत्र सुरुमा सिंहदरबारका पाँच हजार कर्मचारीलाई

काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गतेदेखि हुने भएको छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका उपसचिव तथा सूचना अधिकारी शिवराज जोशीले सिंहदरबारभित्रका कर्मचारीहरुलाई कात्तिक १५ गतेदेखि राष्ट्रिय परिचयपत्रको वितरण गरिने जानकारी दिए। स्थापनाको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले कात्तिकदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको खबर गाेरखापत्र दैनिकमा छ। …

पुरा पढ्नुहॊस »

दसैंका लागि ४० हजार टिकट बुकिङ, ३० लाखले उपत्यका छाड्ने अनुमान 

काठमाडौं । दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ । नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ । महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालका अनुसार र्साजनिक यातायातमा टिकट बुकिङ भएपछि उपत्यका छोड्नेको संख्या बढेको देखिन्छ । महाशाखाले यसवर्ष चाडपर्व मनाउन २० देखि ३० लाखको हाराहारीमा …

पुरा पढ्नुहॊस »

कर्मचारीको मानोमानी विदेश भ्रमण, १५ मन्त्रालयले विवरण नै सार्वजनिक गरेनन्

काठमाडाैं । सरकारी कर्मचारीको विदेश भ्रमणमा बेथिती भेटिएको छ। भ्रमण क्रममा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिक २०७५ को सिधै उल्लंघन हुने गरेको, विदेश जानेहरुको छनोटमा मनलाग्दी गर्ने गरेको, सम्बन्धित व्यक्ति भन्दा आफूनजिककालाई पठाउने गरेको भेटिएको हो। सरकारले विदेश जाने कर्मचारीको भ्रमणलाई व्यवस्थित बनाउन भन्दै यसै वर्ष मात्र निर्देशिका जारी गरे पनि सम्बन्धित निकायले त्यसको पालना नगरेको भेटिएको हो।  प्रधानमन्त्री कार्यालयले पनि निर्देशिका कार्यान्ययनमा कडाई नगर्दा कागजातमा मात्र सिमित बन्न पुगेको खबर …

पुरा पढ्नुहॊस »

माटोको ढिस्कोले पुर्दा एकै घरका तीन जनाको मृत्यु

काठमाडाैं । दाङमा माटोको ढिस्कोले पुर्दाएकै घरका तीन जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नं. ४ दोलाई खोला निवासी १२ वर्षीया रोजिना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र ३५ वर्षीया मिना चौधरीको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । डिएसपी घर्तीका अनुसार शनिबार दिउँसो १ बजेतिर दसैँमा घर लिप्ने माटो खन्न गएका उनीहरूलाई माटो खन्दै गर्दा ढिस्कोले पुरेको थियो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी घर्तीले …

पुरा पढ्नुहॊस »

अठ्ठाइस हजार मेगावाटका लागि सर्वेक्षण लाइसेन्स

काठमाडाैं । सरकारले करिब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्वेक्षण लाइसेन्स जारी गरिसकेको छ ।  ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले त्यसमध्ये १४ हजार मेगावाटका लागि विभिन्न चरणमा काम भइरहेको संसदीय समितिलाई जानकारी दिए। उनले भने, ‘२८ हजार मेगावाट बराबरको निजी क्षेत्रमा सर्वेक्षण लाइसेन्स जारी भइसकेको छ, चार हजार मेगावाट त निर्माणकै चरणमा छ।’ मुलुकका विभिन्न भागमा रहेका २२ वटा विद्युत् आयोजना निर्माणका लागि ग्लोबल आह्वान गरेकामा …

पुरा पढ्नुहॊस »